Wednesday, August 20, 2014

म हार्न तयार छु

कबिता
.........................
हो मैले हारेको हुँं
के जित्यौ त
जित्नु र हार्नु नै त
युद्ध हो भन्दा मैले
नारा लगाएको होइनौ तिमीले,
किन चुपचाप छौ आज,
त्यो जित आज तिम्रो
असैह्य पिडा बनेको छ।
किन कि मैले हार स्विकारेको थिएं
तिमीले जितमा उद्धन्ड देखायौ
जितले तिमीलाई पोलेको छ
डसेको छ घोचेको छ,,
कहाँ गए तिम्रा हस्ती खेलाडिहरु
आज तिमीलाई त्यही मैदान सांघुरो भयो हैन?
जुन मैदान तिम्रो रङ्ग भूमी थियो
रणभूमी थियो,,
नाच्ने नचाउने आँगन थियो,,

तिमी सँग दस्ता थियो
दस्ताबेज थिए,
लाखौं हात थिए हतियार थिए
म सँग के थियो ?
केही थिएन म सँग,
त्यसैले त जित्यौ,
म हारें,हो मैले हारेकै हो
तिम्रो जितको बिरोध गरेको छैन मैले
केबल सोध्दै छु आज,
कि देखाउ के जित्यौ?

मुर्दा शान्तीलाई म शान्ती मान्दिन
मान्छेलाई म शत्रु मान्दिन
घर पोलेर खरानी बिक्री गर्ने तिम्रो
कायरतालाई पनि म बुद्धिमान मान्दिन
भने भन कुन जितमा बुर्लुक बुर्लुक थियौ,,
कसैले नबुझेको तिम्रो जित
भन, बुझाउन सक्छौ?

हिजो तिमीले जित्यौ,हारेर
कस्तो बिडम्बना हो
न मैले हारें न हराएं
तर ठुलै छलाङ्ग मारे झै
जात्रा नै गर्यौ नि,,
खै त त्यो लावा लस्कर आज
क्रुरताको खेल खेल्यौ

आज एक अनुरोध छ
अर्को युद्ध को शन्खघोस् नगर
हैरान छन् मान्छे थकित छन्
म थकित छु सारा दुनियाँ थकित छन्
तिम्रो युद्ध सँग मात्र होइन
तिम्रा मार्गहरु सँग
तिम्रा बिचारहरु सँग
भो पैठेजोरी नखोजे हुन्छ
तिम्रो दाल गल्दैन अब
तिम्रा नाल चल्दैन अब
न तिम्रा मुठिहरु नै कसिन्छन्
अपाहिस छौ बुझ्यौ
न तिमी परेड नै खेल्न सक्छौ 
मैदानमा बस्ती बसी सक्यो

आउ अर्को आयाम कोरौ
अर्को सुनौलो गन्तब्य सँगै
यात्राको थालनी गरौ
फेरी अबश्य जित हुने छ तिम्रो
म हार्न तयार छु। 
............

४ भदौ २०७१
सान सेबास्टिअन
स्पेन

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...