Wednesday, August 13, 2014

गित नशा यो संगित

नशा यो संगित को छोड्न सकिन
नाता तिमी सँग को तोड्न सकिन

पुराना यादहरुमा कबिता कोर्दैछु म
तानपुराका धून अन्त जोड्न सकिन

सारेगम मा नै मन रमाउन थाल्यो
सूर ताल बाहेक मन मोड्न सकिन

बजाउन जाने बज्छ मादल साथी हो
थोत्रा भए भन्दैमा सारा फोड्न सकिन

नशा यो संगित को छोड्न सकिन

1 comment:

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...