Sunday, August 31, 2014

आकार नखोज है

आँफै बैसाखीमा छु,आधार नखोज है
सधैं बेहोशीमा छु, सूधार नखोज है

सून्य सून्य दिमाग, लाचार हुँदैछु म
एजेन्डा बिहिन छु, बिचार नखोज है

हराए मेरा सारा, संस्कृति र संस्कार
नास्तिक भएको छु,सत्कार नखोज है

टुट्छन् मिठा सपना देखेका अंधेरिमा
यहाँ गुमनाम छु, साकार नखोज है

धरातल मा हुन्छु, सागर पनि हेर
जहाँ जसरी म´छु,आकार नखोज है

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...