Thursday, August 21, 2014

गजल साथ चुकाउनेहरु को

कति गर्ने उनकै कुरा, बात लुकाउनेहरु को
हांसी हांसी रंगिन सारा रात दुखाउनेहरु को 

इर्श्या मोह लालच सबै मेरा पनि हुन्थे भने
लिने थिन सपथ तारा घात फुकाउनेहरु को

आंसू केहो कसरी बग्छ हिजोसम्म था´थेन
छक्क पर्छु हेर्नुस पारा साथ चुकाउनेहरु को

भुलूंभन्छु बिर्सन धौभो अतितको यादमा जल्दा 
कस्तो दैब पिरती मारा मात सुकाउनेहरु को

हदै नाघे आफन्त पनि गला रेट्न जाउँ जस्तो
मतलबी मान्छे´को दारा जात झुकाउनेहरु को

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...