Saturday, August 30, 2014

गजल खोज्दैछु म आजभोलि

गजल

लुम्बिनीको त्यो बुद्धत्व, खोज्दैछु म आजभोलि
जिन्दगीको त्यो अस्तित्व,खोज्दैछु म आजभोलि

बसु दैब कुटुम्बकम्: नितीसार भुल्दै गयौं
आफन्तको त्यो महत्व,खोज्दैछु म आजभोलि

ब्युँझाउन सुतेका ति, कुम्भकर्ण सारा यहाँ
रामकोझैं त्यो ब्यक्तित्व खोज्दैछु म आजभोलि

माथि चढि लिस्नो चिर्ने अहमता बढ्दै गयो
नबिर्सने त्यो दायित्व खोज्दैछु म आजभोलि

विवाह र सम्बन्धमा मौलाउंदै अबिश्वास 
ब्राम्हणीको त्यो सतित्व खोज्दैछु म आजभोलि

&&
ब्राम्हणी - गोमा(पार्वती)स्वस्थानीको कथा



No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...