Saturday, August 9, 2014

गजल जाली हो आखिर मन बुनेर राख


सम्हाल्न नसके, मन थुनेर राख 
जाली हो आखिर मन बुनेर राख

सप्त रङ्गी बगैचामा अनेक छन् 
सुटूक्क टिपेर , मन ऊनेर राख 

बहकिन्छ भन्छन् आजभोलि कतै 
त्यसैले भन्दैछु, मन चुनेर राख 

पोखिएला कतै, शब्द किताबमा 
मन मन´मा नै, मन गुनेर राख 

छैनन् अदालत, उजुरी दिने लौ 
हराउला ल´है, मन थुनेर राख 

सम्हाल्न नसके, मन थुनेर राख !

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...