Monday, August 11, 2014

एउटा कुरो गजल

बहिरो हुन पाएको भए, सुन्न पर्दैनथ्यो 
अन्धो साएद भएको भए देख्न पर्दैनथ्यो

बहकिने मनको बह गीत र कबितामा 
यि औंलाहरु कुँजेका भए लेख्न पर्दैनथ्यो

बोलेर खबर-दारी गर्दा नसुन्ने को भिड
बरु म लाटो बनेको भए बोल्न पर्दैनथ्यो

पापी पेट´कै सवाल हो´नी भौतारिदै यहाँ
मान्छे भएर जन्मेको भए भुक्न पर्दैनथ्यो

नसोचेको हुँदै गए पछि आफ्नै जिन्दगीमा
धर्तिमा नै नजन्मेको भए भोग्न पर्दैनथ्यो

1 comment:

  1. जय नेपाल भाइ
    बहुत राम्रो गजल

    ReplyDelete

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...