Sunday, August 24, 2014

झन्डा

देशको झन्डाको माया अति लाग्दो रहेछ,,

मती बिग्रिएकाहरु सती गएछन
झन्डा बोक्नेहरु सब गती परेछन!

रत्तिभर लाज नभएका नकचरा
उनै सांसदले हिजो अती गरेछन!

बाघ हुँं भन्नेको हेर पंक्षि चौकिदार
बेस्याका देख्नुभो लाखौं पती भएछन!
.......
मजदूर झन्डाको आज, लिलामी भो
कस्तोराज गुण्डाको आज सलामी भो

अचम्म मान्नु छैन यो देशमा अब
जस्तो मरेको हो उस्तैको मलामी भो

कुत्ताले पुच्छर होइन पुच्छरले कुत्ता
आज मालिक नै कुत्ताको गुलामी भो

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...