Friday, August 15, 2014

गजल मातका कुरा

भट्टि नछिर्नेले किन गर्छौ मातका कुरा 
कर्म नभिर्नेले ब्यर्थै गर्छौ जातका कुरा

बिहान के हो साँझ के हो नसोध मलाई
ऊषा नचिर्नेले सधैं गर्छौ रातका कुरा

आजित भएको मन थकित छ बेसोरी
बाँकी नतिर्नेले फेरी गर्छौ घातका कुरा

नछांट भो कृष्ण सुदामाका कथा तिमीले 
हिजो नफिर्नेले आज गर्छौ साथका कुरा

भनेर हुन्छ आज त मजाले मातिन्छ
भट्टि नछिर्नेले किन गर्छौ मातका कुरा

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...