Thursday, August 21, 2014

गजल टिप्दै छौ रे फूलहरु

पक्कै होनी मेरै लागि टिप्दै छौ रे फूलहरु
भबिश्यमा दोहोरिन्नन् भन्दै छौ रे भूलहरु

सांघु फड्को बगायो है भदौरेको भेल कस्तो
इँटा ढुङ्गा बटुलेर   थप्दै छौ रे पूलहरु

नभएको हैन मेरो छाती भित्र दुख्ने घाऊ
आँखा चिम्ली तिम्ले पनि भूल्दै छौ रे शूलहरु

जरुवाको जलै मिठो तिम्रो हात् को करुवा जो
हिजो जस्तै आज पनि खोज्दै छौ रे मूलहरु 

सोर्ह सृङ्गार मेरै निम्ती बाटेका चुल्ठी धागो 
दोबाटोमा पर्खि बस्दा छल्दै छौ रे धूलहरु

1 comment:

  1. राम्रो भएको छ भाइ ,, जय नेपाल
    करुवा समात्ने लाई नै टिपन मन लाग्यो मलाइ
    मनको बहलाइ पुर्याउन लाग्यो मन तिमी लाई

    ReplyDelete

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...