Thursday, August 21, 2014

गजल भागेको छु जिन्दगीमा

दुई छाक टार्ने मेसो, मागेको छु जिन्दगीमा
भाग्दा भाग्दै धेरै टाढा भागेको छु जिन्दगीमा

सारा जग आफ्नै ठान्छु, एेन केन बाँचेको छु 
उस्कै निम्ती सारा रात जागेको छु जिन्दगीमा

कस्तो कस्तो खड्को मैले टारी सकें आजसम्म
साना तिना खाल्डाखुल्डी,नाघेको छु जिन्दगीमा

कस्को लागि सांच्नु अब ¨मरे पछी डुमै राजा¨
भो भो भनि अर्को जूनी भाकेको छु जिन्दगीमा

कस्ले देख्या छ´र यहाँ ¨पौडेल¨को दूर दशा
भाग्दा भाग्दै धेरै टाढा भागेको छु जिन्दगीमा

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...