Friday, August 22, 2014

गजल एकोहोरो सधैं

सुन्दिन भो तिम्रो गन्थन एकोहोरो सधैं
मथ्दिन भो प्यार मन्थन एकोहोरो सधैं

अहमताले भरिएको त्यो राम कहानी
भन्दिन भो कस्तो गन्गन एकोहोरो सधैं

घाइते छु समयको परिस्थिती कठिन
थप्दिन भो अर्को उल्झन एकोहोरो सधैं

दर्पण ले बताउं दैन लुकेका पिडाहरु
देख्दिन भो आफ्नै दुश्मन एकोहोरो सधैं

स्वतन्त्र छु गगनमा म उंड्छु माथि माथि
चाहिन्न भो त्यस्तो बन्धन एकोहोरो सधैं

--------

एस बि पौडेल ¨स्वतन्त्र¨
रामपुर चितवन 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...