Friday, August 1, 2014

गाई-जात्रा बिशेष

 गजल
देशलाई मागी खाने भाँडो बनायौ
संघियता आखिरमा घाँडो बनायौ

गास बास कपास नारामा सिमित
त्यो भाषणै भाषणको फाँडो बनायौ

पुरानो घाऊ खिल बल्झिएको थियो
उपचार गर्छु भन्दै काँडो बनायौ

भर्याङ्ग बनायौ देश डुङ्गा बनायौ
काम सकिए पछीको ठाँडो बनायौ

सगरमाथाको देश हो भन्न नै सजिलो
समथर तराई थियो डाँडो बनायौ

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...