Friday, August 22, 2014

के को दुख छ र भन्छु - गजल

घरै पोले खरानीको, के को दुख छ र भन्छु
खुला आकाश् सिरानीको के को दुख छ र भन्छु

लाखौं तारा एक्लो जून,नियालेर रात बित्दा  
आफै भन्नुस् बिहानीको के को दुख छ र भन्छु

आफ्नो भन्ने कोही छैनन् देवताको भर छैन
कोही किन रिसानीको के को दुख छ र भन्छु

पात कागज सित मशी कलम् छ हांगा बिंगा
गीत कथा कहानीको के को दुख छ र भन्छु

भेटेजती मान्छे लाई राम् राम् अनि सलाम छ
यसै बित्छ जिन्दगानी के को दुख छ र भन्छु



1 comment:

  1. घरै पोले खरानी को के को दु: ख चा र भन्छु निकै राम्रो भावना को गजल छ भाइ

    ReplyDelete

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...