Sunday, August 24, 2014

गजल सराबको मातले

छोएन मलाई साथी सराबको मातले 
धोका दिंदैछ सायद सराबको जातले

कसले बनायो सराब सलाम छ मेरो
थाक्दिन बरु थप्दैछु सराबको घातले

छुंदैछोएन साथी फिटिक्कै छोएन लौन
पुरी सकें आँफै लाई सराबको खातले

उनिले छाडिन आफन्तले छाडे आखिर
परन्तु छाडेन् कहिल्यै सराबको साथले

आगो यही पानी यही चिजै कस्तो सराब
घाइते बनायो आज सराबको जातले
टोकेरै छाड्यो मलाई सराबको दातले

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...