Wednesday, August 20, 2014

शहरमा कहर छ



शहरमा कहर छ
बहरमा रहर छ
त्रिषित हुँं म हजुर 
डगरमा बगर छ
प्रहर प्रहरमा प्रहार
सताउनेको लहर छ
अर्काको हातमा एक्का र बास्सा
मेरो हातमा दहर छ
परिस्थिती नै यस्तै यहाँ
मरने डर बाच्नु पर्ने कर छ
आफ्नो भन्ने यो दुनियाँमा
एउटा नाम र थर छ
माथि भिर तल खाडल
अगाडि त जहर छ
तर नमर्ने रहर छ
बहरमा रहर छ,,
रहरमा रहर छ,,
,.,.,.,,,,,,,,,,.,.,.,

दिउँसो नभै घाम अस्ताउँदै छ 
रावण नभै राम चस्काउँदै छ 
दुनियाँ निदाएका छैनन आज 
न्वारान नभै नाम झस्काउँदै छ !
-----------------------------
 ह्वारह्वार् ति जलें म न धुवा न आगो 
टन् टन् ति कसिएं म न रुवा न धागो !

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...