Saturday, August 23, 2014

गजल - पूकार

बषन्तका सारा फूल टिपी, उन्न मन लाग्छ
आकाशका तारा जून साथ, घुम्न मन लाग्छ

कसले रोक्छ? छुन मलाई, शितल बिहानी
स्विकार छन् तिम्रा भूल सबै,चुम्न मन लाग्छ

जलेको छैन मन, कदापी, गोपिनी हजारौं
सागर त्यो हैन मूल एक चून्न मन लाग्छ

शहर मा होइन तटमा, जमूना नदि को 
गोधुली साँझका धूल सँगै, झुम्न मन लाग्छ

म राधा तिम्रो तिमी मेरो कालेकृष्ण मनै को
बासूरी को उहि धून सधैं, सुन्न मन लाग्छ !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...