Thursday, August 21, 2014

बन्दुक बोक्नु पर्छ !

यस्तै हुँदै गयो भने बन्दुक बोक्नु पर्छ
राम यदि रावण भए गोली ठोक्नु पर्छ

भाई फुटे गँवार लुट्छन्, हे नेपाली हो
सरकार छैन देशमा सिमाना तोक्नु पर्छ

पूर्वपश्चिम पर्खाल बांधौ इँट बोकी आउ
गोर्खाली का छोरा हौं दुश्मन रोक्नु पर्छ

घर बाहिर घर भित्र दुश्मनकै तांती हेर
परिआए लौ यो देशमा रगत पोख्नु पर्छ

सहनुको सिमा हुन्छ धैर्यताको बांध टुट्छ
यस्तै हुँदै गयो भने बन्दुक बोक्नु पर्छ

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...