Sunday, August 24, 2014

देह

देह नगलेको कहिले पो छ´र
देह नबलेको कहिले पो छ´र

आधार छैन न समाउने डालो
देह नढलेको कहिले पो छ´र 

ज्वाला न धुवां खरानी देखिन्न  
देह नजलेको कहिले पो छ´र

जिँउदो लास कसैले छुंदैनन्
देह नचलेको कहिले पो छ´र

अटुट आँखामा मोती रसाउँदा
देह नतलेको कहिले पो छ´र


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...