Friday, August 29, 2014

कस्तो रहर हो तेरो? poem

एउटा छुट्टै रहर पलाएको छ
आजभोलि म मा
जहाज चढेर कुनै टापुमा
मायालु सँग जिस्केर दिन बिताउने होइन
सभासद हुने होकी भन्नुहोला
त्यो पनि होइन,,
त के?कस्तो रहर हो तेरो?
सुन्नुस् न मेरो रहर
म मलामी जान चाहन्छु
हो म आफ्नै मलामी भएर
घाट सम्म जान चाहन्छु।
मरेको अनूभूती त गरिसकेको छु मैले
अब मलामी बन्न चाहन्छु।
आफ्नै अगाडि आफ्नै मुर्दा
टन्टन्ती हरियो बासको
उल्टो खटमा बाधेको हेर्न चाहन्छु
बस्तीका कति जना आउँदारहेछन्
म सँगै मेरा मलामी
कसले कस्तो कानेखुशी गर्दा रहेछन्
घाट सम्म पुग्दा,
आफन्तको अनुहारको चमक हेर्न चाहन्छु
को कति कहिले सम्म रुँदा रहेछन् बुझ्न् चाहन्छु
घाटमा आफ्नो चिताको लागि आँफै
दाउरा बोक्न चाहन्छु अनि
मुखमा जौ तिल घिउका बत्ती र
अन्त्यस्टिको सारा रितिहरु
धूप धुवाँ आगो कोइला हुँदै खरानी
हो म सारा हेर्न चाहन्छु
त्यही चिसो ढुङ्गामा बसेर
आफ्नै जिन्दगीको इतिश्री हेर्न चाहन्छु।

हो म आफ्नै मलामी जान चाहन्छु
चितामा लमतन्न दुनियाँ सँग बिदाइ...

खै कस्तो चाहना हो मेरो
कस्तो रहर हो मेरो,,
चिमोटे आँफैलाई
मिठो हो कि नमिठो सपना बाट
आँफैलाई ब्युझाउदै! 

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...