Friday, August 15, 2014

रुवायो साथी / धून पठाई देउ !

---------------------------
औन्शी बिनै अँध्यारो भो जून पठाई देउ
पश्चिम´मा लौ गाह्रो भो नून पठाई देउ !

प्रक्रिती´ले ठग्न थाल्यो नेता भए ठगाहा
चुसि सके नेपाली को भो खून पठाई देउ !


क्रन्दन् र रुवाइको माहोल बढ्दै गयो
पिडा दु:ख बिर्सन भो धून पठाई देउ !

भुटुन चामलमा नाकको फुली बेचियो
हाम्रो त लंका टाढा भो सून पठाई देउ

बैगुनीले लुकाई छुरा प्रहार गर्न थाले
दिउँला पैन्चो थोरै भो गून पठाई देउ 

-----------------------
घर माथिको, पहिरोले रुवायो साथी
खै कस्तो यो कुहिरोले रुवायो साथी !

रुन त बिधाताले नै लेखेको रहेछ कि
घाऊ छातीको गहिरोले रुवायो साथी !

आफु वल्लो किनारमा बाँकी सबै पल्लो 
लौन नक्कली बहिरोले रुवायो साथी !

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...