Wednesday, August 20, 2014

गजल तनाब भयो जीवन

ब्रान्डेड लेवल टांसिएको सराब भयो जीवन
सराब पिउदा नासिएको खराब भयो जीवन

नभएर के´भो साथी कसलाई पुग्या छ´र
हेर्नस् पातलोमा ताछिएको अभाब भयो जीवन

कोलाहल् र क्रन्दन´ले भरिएको शहर मा
समाचार सँगै लादिएको तनाब भयो जीवन

जाल झेल सिकाउने बिद्ध्यालय वर परै 
कम्सल डोरिमा गांसिएको धराप भयो जीवन

प्रतिपक्ष सधैं भरि उल्टो बाटो रोज्ने यहाँ 
दलदल् पहिरो भासिएको बगाब भयो जीवन

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...