Friday, August 22, 2014

गजल जिल्लाए पछी

डस्छ भन्ने बिर्सिएर, दुध पिलाए पछी
जानी जानी दुश्मन् सँग हात मिलाए पछी 

कस्को भलो हुने यहाँ मान्छे पिचास भए
आँफै धामी आँफै झाक्री पेशा दिलाए पछी

किन ढाक्थ्यो लाज त्यसै उस्कै इज्जत छैन
उध्रेको छ चोली भन्दा कच्चा सिलाए पछी

उल्झन् बल्झन् चक्र जस्तै सहनु पर्ने रै´छ
आँखा सामु सारा बस्ती आफ्नो बिलाए पछी

सरोकार वाला कता ? डलर खोज्न सायद
राहत् आयो आयो भन्दै जन्ता  जिल्लाए पछी 

डस्छ भन्ने बिर्सिएर, दुध पिलाए पछी
जानी जानी दुश्मन् सँग हात मिलाए पछी 

जन्ता (जनता)
..........................

जिल्लाए पछी  

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...