Sunday, August 17, 2014

गजल डुबि रहुं तिनै नयन् तालमा

निस्चल नयन तिम्रा गाजल कोरेका
माधूर्य त्यस्तै चन्द्रमा ओझल परेका

मुस्कान छरने लाली ओठहरु हेर्छु  
ललाटमा केश झनै बादल झरेका 

चाहना कस्तो नजाती मात बढाउने
लाग्दैछ परीले तिम्रा आँचल चोरेका

चमक गालको बयान गर्दिन आज 
ताराले सृङ्गार मोती चँचल छरेका  

डुबि रहुं तिनै नयन् तालमा सदैब
परेलीका डिल सारा काजल भरेका


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...