Friday, August 29, 2014

गजल

बिडम्बना कस्तोकस्तो, आफ्नैलाई भुल्नु पर्ने
बाध्यताले आजभोलि, भुल्न लाई झुल्नु पर्ने

परिस्थिती रुवाएको, अर्का लाई दोश दिन्न
बालुवा हुँँ भन्दा भन्दै, पानी सँग घुल्नु पर्ने 

बन्दझ्याल बन्दढोका, निस्सासिदै बांचे पनि
च्यातिए´को सेतो पर्दा, बिहानीमा खुल्नु पर्ने

सारा विश्व तिम्रो भन्यौ, बसु दैब:कुटुम्बकम्
स्वदेश मा बाटो भुल्दा, फकीर झैं डुल्नु पर्ने

कोपिला मै निमोठीने, अभागीको भाग्य यस्तो
बगान मा फक्रे पनि, गमला मा फूल्नु पर्ने ??

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...