Wednesday, August 13, 2014

गजल संघियता जस्तै

बिभाजित छु म संघियता जस्तै
हो खंडित छु म संघियता जस्तै

राम राज्यको म अधिराज्य हैन
बि´खंडित छु म संघियता जस्तै

जात धर्म सिमा अनौठो सुन्दामा
खै त्रसित छु म संघियता जस्तै

नाम बद्´नाम भै´सके सबैका याँ
दिग् भ्रमित छु म संघियता जस्तै

बिजय को मैदान मा किन होला
प´राजित छु म संघियता जस्तै

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...