Friday, August 29, 2014

गजल कसोरी लेखुँ

कांडा´लाई फूल गल्ति´लाई भूल,कसोरी लेखुँ
जिन्दगीमा छाती भरी छन शूल कसोरी लेखुँ

च्याती नसक्नु छन बन्दकी राजिनामाका पत्र
तिर्न बाँकी जवानी को मह´शूल कसोरी लेखुँ

खडेरी को बाढि ले डुबाउं´दैछ बस्ती शहर
डुब्दैछु म आँफै भने काका´कूल कसोरी लेखुँ  

डोलीमा बसेकी हेर्ने मन थियो तर तिमी ले
लेख भन्यौ तिम्रै विवाहको तूल कसोरी लेखुँ

टुलुटुलु हेर्दै थिएं म सिउँदो सजाको अर्कैले
त्यो लगनको रातो सिन्दुर धूल कसोरी लेखुँ

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...