Friday, August 8, 2014

गजल .... खेल्नु छैन लुकामारी

गजल
...........

खेल्नु छैन लुकामारी भो मायाको बगानमा
झेल्नु छैन फेरी फेरी यो प्रितको थकानमा

नदेखाउ चिची पापा भुल्ने छैन आईन्दा म
जेल्नु छैन आँधि बेरी बेवफा को दुकानमा

धूजा धूजा बनायौ मेरो नम्बरी नोट लाई
बेल्नु छैन पापड फेरी प्रेम को लगानमा 

जलेको देखेँ गलेको देखेँ ईश्क´का पारखी
पेल्नु छैन ढुङ्गा सरी अतितको दुखानमा

भैगोभैगो झ्यालढोका बन्द भए तिम्रालागि
हेल्नु छैन घरी घरी आफन्तको मकानमा
.................

हेल्नु (हेलिनु,,तिम्रो लागि म खोलामा हेलिनु छैन) 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...