Wednesday, August 13, 2014

3 sher +


सकेर होइन, नसकी, नसकी, पिएको छु
जानेर होइन, नजानी, नजानी जिएको छु

उद्रिएको मेरो छाती हजुर आसुँ रोकिन्नन्
शब्दको सियो र शब्दकै धागोले सिएको छु
 
कहीँ कतै,पोखिन सक्लान्,सम्हाली देउ है
भनेर होइन यो जिम्मा नभनी दिएको छु
 
-------------
सागरमा मुसलधारे, झरिको अर्थ के रह्यो
छुन नसकिने आखिर परिको अर्थ के रह्यो

न घर न घोस्ला चारा टिप्दै उड्नेहरु यहाँ
निशानामा पारीने त्यो चरीको अर्थ के रह्यो 
-------
नुन नछर्किय, उसै त छाती पोलिरहेछ
बिन्ती नझर्किय यसै त छाती पोलिरहेछ

भरोशा छैन भन्छन जिन्दगी बाचुंजेल हो
भन्छु नतर्किय त्यसै त छाती पोलिरहेछ

रहर होस चाहे बाध्यता एक्लै बांचे पछि
सक्छौ नफर्किय जसै त छाती पोलिरहेछ

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...