Tuesday, September 2, 2014

राखे हुन्छ gazal

तिम्ले मलाई सुटु सुटु थुनेर राखे हुन्छ
एउटै माला गुटु मुटु उनेर राखे हुन्छ

आफ्नै विश्वाश नभए´सी पराइको के कुरा
बिशाल जाल लुटु पुटु बुनेर राखे हुन्छ

कांडे तारले बेरे पनि चोरी हुने यो माया
हिसाब राख्दै मन मुटु गुनेर राखे हुन्छ

मुहार ढाकि भिडमा छक्याउने धेरै होलान्
धोका नहोस चुटु चुटु चुनेर राखे हुन्छ

इर्श्या राखी छातीमा भुट्भुटिएर बांच्नु भन्दा
आफन्त लाई  कुटु कुटु कुटेर राखे हुन्छ

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...