Thursday, September 4, 2014

सच्चाई उस्तै उस्तै gazal

चाहना र लक्ष्य हाम्रा ऊचाई उस्तै उस्तै
किन छैनन् आखिरमा भोगाई उस्तै उस्तै 

डुबुल्की मारी मोती टिप्ने मेरा पनि रहर्
आफु भने सतह् मै ग´हीराई उस्तै उस्तै   

जून तारा झारें भन्छन मान्छे आजभोलि
तिनको मेरो टांगोको लम्बाई उस्तै उस्तै

स्वतन्त्रता उन´कै भाग मा खुलेर बांच्ने
कसरी भो आँगन´को चौडाई उस्तै उस्तै

सफल भए कसोरी लौ माया पिरति´मा
अचम्मित छ¨आफन्त¨सच्चाई उस्तै उस्तै

१९ भाद्र,२०७१
बिहीवार
चितवन रामपुर
हाल स्पेन

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...