Sunday, September 7, 2014

मन्दिरमा हिजोआज चोर बस्न थाले

मन्दिरमा हिजोआज चोर बस्न थाले 
मुर्तिचोरी गुफा भित्र चोर पस्न थाले 

मुर्ति चोरै किन होला धर्म कुरा गर्छन्
देख्दादेख्दै रातो टिका चोर घस्न थाले 

हाम्रा मठ हाम्रा गुम्बा किन फोर्छन् कुन्नी
गाउँ छिरी चुप्पी छुरा चोर धस्न थाले 

पाखन्डले भरिएका नोट्का बिटा गन्दै
अनायसै बस्ती बस्ती चोर खस्न थाले

साबधान हिन्दू हामी बौध हामी सबै
पटुकिमा हाम्रा धर्म चोर कस्न थाले!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...