Tuesday, September 23, 2014

रमाइलो गीत

कस्ले रोक्छ गाउन मलाई कस्ले रोक्छ हास्न
मन मिल्ने मान्छे पाए, चोखो पिरती गास्न

आँफैले रोपी हुर्काएका बरपिपलका हाङ्गाहरु
झुपडी आज बार्नु पर्ने कस्ले रोक्छ लास्न 

सपनीमा छाउनेलाई बिपनीमा भेट्ने मन
कस्ले रोक्छ योछातीमा उस्कै तस्बिर टास्न

साउन आउँदा भेल बग्ने चैतमा थोपो छैन
कुवा खन्दा पानी भेटिन अब इनार तास्न

कस्ले रोक्छ गाउन मलाई कस्ले रोक्छ हास्न
मन मिल्ने मान्छे पाए, चोखो पिरती गास्न

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...