Tuesday, September 23, 2014

रमाइलो गीत

कस्ले रोक्छ गाउन मलाई कस्ले रोक्छ हास्न
मन मिल्ने मान्छे पाए, चोखो पिरती गास्न

आँफैले रोपी हुर्काएका बरपिपलका हाङ्गाहरु
झुपडी आज बार्नु पर्ने कस्ले रोक्छ लास्न 

सपनीमा छाउनेलाई बिपनीमा भेट्ने मन
कस्ले रोक्छ योछातीमा उस्कै तस्बिर टास्न

साउन आउँदा भेल बग्ने चैतमा थोपो छैन
कुवा खन्दा पानी भेटिन अब इनार तास्न

कस्ले रोक्छ गाउन मलाई कस्ले रोक्छ हास्न
मन मिल्ने मान्छे पाए, चोखो पिरती गास्न

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...