Thursday, September 18, 2014

क्यारेमका गोटी हुन, खेलाएर हेर्नुस् साथी

नाङ्लोमा राजनीति केलाएर हेर्नुस् साथी
क्यारेमका गोटी हुन, खेलाएर हेर्नुस् साथी

रिमोट्को ईशारामा नाच्ने प्राणी खोज्नु पर्दा
नोट्का बिटाले पर्दा, छेलाएर हेर्नुस् साथी

भरोसा विश्वाश् को बलत्कार नै गरिसके
हेर्ने मन् अझै भए, जेलाएर हेर्नुस् साथी

तताएर पूर्व पश्चिम् जलाएर उत्तर दक्षिण्
सहि नसक्नु भयो, सेलाएर हेर्नुस् साथी

ढुकुटी सकी सके, सहमति बहानामा
सक्नुन्छ भने अब, पेलाएर हेर्नुस् साथी

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...