Sunday, September 21, 2014

हर मोडमा आँखा जुध्थ्यो gazal


हर मोडमा आँखा जुध्थ्यो, आज किन बाटो बेग्लै
आफ्नै लाग्ने यही बाटोको, आज किन माटो बेग्लै

बेदना मेरा सुन्दा रुन्थ्यौ, छट पटिदै सपनी मा
भन्थ्यौ हाम्रो घाऊ एउटै, आज किन खाटो बेग्लै

पुर्णिमा को जून जस्तै हो, मेरो माया सधैं भरि
छाड्यौ आखिर दोबाटोमा, आज किन पाटो बेग्लै

सुन भन्दा गुन मायाको, प्यारो हुन्छ भन्थ्यौ पनि
त्यही मायाको बदलामा, आज किन साटो बेग्लै

उकालीमा दाँया र बाँया, ओरालीमा अघी पछि  
टेक्ने गर्थ्यौ एउटै लाठो, आज किन भाटो बेग्लै

हर मोडमा आँखा जुध्थ्यो, आज किन बाटो बेग्लै


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...