Tuesday, September 2, 2014

गुनगुनाउ तिमी song

मिठा गजल झै गुनगुनाउ तिमी 
सानो भमर झै भुनभुनाउ तिमी

अरु कसले गाउँछन् कबिता मेरा
पाखा पखेरा झै सनसनाउ तिमी

कोकिल कन्ठ तिम्रा अबोध सुरिला
बालि उमर झै खुनखुनाउ तिमी 

सारे गम पध नीस धून हौ प्यारी
सुन्छु पाउजु झै छमछमाउ तिमी

एकान्त मा नाचने मुजूर हरिण
अधर् का लाली झै रमरमाउ तिमी

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...