Tuesday, September 2, 2014

गुनगुनाउ तिमी song

मिठा गजल झै गुनगुनाउ तिमी 
सानो भमर झै भुनभुनाउ तिमी

अरु कसले गाउँछन् कबिता मेरा
पाखा पखेरा झै सनसनाउ तिमी

कोकिल कन्ठ तिम्रा अबोध सुरिला
बालि उमर झै खुनखुनाउ तिमी 

सारे गम पध नीस धून हौ प्यारी
सुन्छु पाउजु झै छमछमाउ तिमी

एकान्त मा नाचने मुजूर हरिण
अधर् का लाली झै रमरमाउ तिमी

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...