Sunday, September 7, 2014

कसरी गरुं gazal

भुले कै छैन कोही याद कसरी गरुं
बन्दी छ यो मन आ´जाद कसरी  गरुं

अतित प्यारो लाग्ने यादहरु उस्तै
मनैले मान्दैन बर्´बाद कसरी गरुं

न गुनासो छ न अनुरोध कसैलाई
सहमति भित्र बि´बाद कसरी गरुं

न बिद्रोह न बिमती छैन मतलब
भन्नुहोस आँफै सं´बाद कसरी गरुं

निरस र बिबश छ भने शहर यो
सुन्यतामा फेरी आ´बाद कसरी गरुं ????

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...