Monday, September 15, 2014

फट्याइँ

सपना सारा हारेर आएं बिपना पारा टारेर आएं निक्लेको थिएं शिकार खेल्न गर्नु के झारा टारेर आएं स्याहार्ने बाली अरुनै सायद् भोलिको चारा बारेर आएं हारेको युद्ध मैदान माझ दुश्मन धारा फारेर आएं भन्नमा कस्ले रोक्छ मलाई देखेनौ तारा झारेर आएं

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...