Sunday, September 7, 2014

बिर्सिएकै राम्रो gazal

सपनामा सताउनेले बिर्सिएकै राम्रो
बिपनामा अताउनेले बिर्सिएकै राम्रो

सम्झनामा रुवाउने कल्पनामा हाँस्दै 
ईशारामा बताउनेले बिर्सिएकै राम्रो

अतितको सहाराले कहिलेसम्म बांच्ने
सिरेटोमा तताउनेले बिर्सिएकै राम्रो

किस्ताबन्दी र उपहार योजनामा जस्तै
उधारोमा जताउनेले बिर्सिएकै राम्रो

याद्हरु जलाउने मट्टितेल पाएं मैले
बिहानीमा मताउनेले बिर्सिएकै राम्रो

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...