Saturday, September 13, 2014

गजल ??? जस्तै

सिकाई देउ मलाई, लुटमा बांच्ने कसोरी
दिखाई देउ मलाई, झुटमा नांच्ने कसोरी

पर्दा भित्र के के हुन्छ,कसले पो देख्या छ´र
बताई देउ मलाई, टुटमा हांस्ने कसोरी

सम्बन्ध त चिस्सी राख्छ,सम्बोधन नमिल्नाले
लिखाई देउ मलाई, फुटमा गांस्ने कसोरी

गुट र उपगुटले,बिग्रिएको राजनीति
जताई देउ मलाई, छुटमा भांच्ने कसोरी 

घुंटमा नै पिए पनि बूँद बूँद बग्छ नशा
सिकाई देउ मलाई, लुटमा बांच्ने कसोरी

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...