Saturday, September 13, 2014

गजल ??? जस्तै

सिकाई देउ मलाई, लुटमा बांच्ने कसोरी
दिखाई देउ मलाई, झुटमा नांच्ने कसोरी

पर्दा भित्र के के हुन्छ,कसले पो देख्या छ´र
बताई देउ मलाई, टुटमा हांस्ने कसोरी

सम्बन्ध त चिस्सी राख्छ,सम्बोधन नमिल्नाले
लिखाई देउ मलाई, फुटमा गांस्ने कसोरी

गुट र उपगुटले,बिग्रिएको राजनीति
जताई देउ मलाई, छुटमा भांच्ने कसोरी 

घुंटमा नै पिए पनि बूँद बूँद बग्छ नशा
सिकाई देउ मलाई, लुटमा बांच्ने कसोरी

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...