Friday, September 12, 2014

दशै / तिहार


दशै

आएर दसैं माया रोपेर गयो
रिणको सिरकले छोपेर गयो
घोर्लेको गर्धनमा घोपेर गयो
भित्तामा हिसाब खोपेर गयो

थियो तिमी सँग पियर गयो
थिएन म सँग  लियर गयो
भो नाइँ भन्दा  दिएर गयो 
औंशी देखि पुर्णिमा जियर गयो
  
तिहार

आएर तिहार केहि रमाएर गयो
घाँटी सम्म चिल्लो समाएर गयो 
जुवाको खालमा केहि कमाएर गयो
भात्रीत्व को  बिऊ जमाएर गयो

आँट थियो साएद खेलेर गयो
ढांट संगै दाउमा झेलेर गयो
छिमेकी लाई भन्दा पेलेर गयो
मायामोहको जालमा जेलेर गयो
2013-11-06

मनाऊ दशै कसरी ?

देशको अस्मिता लुटिएको बेला
लाखौं युवा बिदेशिएका बेला
स्वाधिनता स्वाभिमान दिल्ली लुकेको बेला
ब्वासाहरुले सिङो राष्ट्र खोक्राइरहेका बेला
मनाऊ दशै कसरी ?

एक जुनीमा एक पटक भन्थे
के देख्न परेको आज?
बर्षमा दोश्रो पटक
देशमा सन्त्रास छाएको बेला
मनाऊ दशै कसरी ?

आँफै बोक्सी आँफै धामी
राष्ट्रिय नौटन्की मन्चन भैरहेको बेला
साउदी कतार बाट के सुन्न पर्ने हो ?
लाखौं आमाको छाती चर्किएको बेला
मनाऊ दशै कसरी ?

लिङे पिर्के पिङ्को बलो तेर्साउने साझमा
आगनमा बन्दुकका सङिन बुट बजारिएका बेला
मकै जौ का जमरा राख्ने कुनामा
बारुद र गोली भेटिएका बेला
मनाऊ दशै कसरी ?

एक मुठि नुन एक किलो चामल अभाब यहाँ
एक धरो लुगा होइन रङिन झन्डाहरुको प्रभाब यहाँ
भुटुन टुकिको लागि एक थोपा तेल अभाब भएको बेला
बत्ती मुनिको अध्यारो,सर्बहाराहरु महलमा लुकेको बेला
मनाऊ दशै कसरी ?

घोर्ले खसी अब हामीले नसोचे हुन्छ यहाँ
सानो फर्सी अलिकती मसला अभाब यहाँ
हाम्रो पहिचान ¨हिन्दू राष्ट्र¨ मेटिरहेका बेला
नेपालीहरुकै महान पर्ब दशै मनाऊ कसरी?
मनाऊ दशै कसरी ?

अक्टोबर ६,, २०१३

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...