Tuesday, September 9, 2014

रोपेका ति बिजहरु song

अतितको फूलबारीमा रोपेका ति बिजहरु
हावाहुरी घामपानीमा छोपेका ति बिजहरु

उम्रे होलान फुले होलान माली छ छैन होला
मायालुको त्यो आङ्गनमा पोखेका ति बिजहरु

जुन बेला गोधुलिमा बिताएका हात समाई
सम्झना हाम्रो छोड्नलाई खोपेका ति बिजहरु

मुल बाटो बिर्सिएर सहयात्री पराई हुँदा
पवित्र भन्दै पिरतिमा चोबेका ति बिजहरु

उम्रे होलान फुले होलान माली छ छैन होला
मायालुको त्यो आङ्गनमा पोखेका ति बिजहरु

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...