Friday, September 19, 2014

भैंसी नदेख्ने नजरले,

भैंसी नदेख्ने नजरले, लिखा टिप्न थाले हजुर 
चामल छाडी हिजोआज पिठो बिक्न थाले हजुर 

खोक्रो भयो धरोहर त्यो आज होकी भोली नै ढल्ने  
अचम्म छ हेर्नुस् त्यसमा, रङ्ग लिप्न थाले हजुर 

ओठमा लाउने चिल्लो छैन ढसर् पार्ने पुवा भन्छन्
आफै पुरी भड्खालो भित्र माटो झिक्न थाले हजुर 

जुन गोरुको सिङ्ग छैन उसको नाम तिखे भयो
आलाकाचा बहरले नि सिङ्ग् तिखार्न थाले हजुर 

जोगिको घरमा सन्यासी पाहुना लाग्नु बिडम्बना 
हातको नरिवल मात्र ? घर् बिगार्न थाले हजुर

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...