Friday, September 26, 2014

गीत आउँदै छ्यौ रे भन्ने सुने

मेरै घरको बाटो तिमी, आउँदै छ्यौ रे भन्ने सुने  
त्यै भएर मनै मनमा, फूलै फूलको माला उने 

सबेरै देखि आँखाहरु, बाटो तर्फ टोलाई रहे
तिम्रै काखमा शिर राखी, रुने हास्ने सपना बुने 

एक्कासी त्यो खबर आयो, तिम्ले आउने बाटो मोड्यौ
अन्जानैमा पराई सँग, कसोरी किन नाता जोड्यौ

सारा रहर खबर् सँगै, छिया छिया छाती चिर्यौ
लिनु पर्ने मैले थियो, आसामी लाई तिरो तिर्यौ

मेरै घरको बाटो तिमी, आउँदै छ्यौ रे भन्ने सुने  
त्यै भएर मनै मनमा, फूलै फूलको माला उने 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...