Friday, September 19, 2014

La tarde hoy! el viernes,09/19/2014

 आज समुन्द्र किनार, साँझको बेला थियो। दिनभरी बालुवा सँग आफ्नो बैश र उन्माक्त जवानी जुधाएर बस्नेहरु प्राय सुन्य हुँदै थिए,सुर्यले पश्चिमा कोल्टो फेरिसकेको थियो क्षितिज कतै पहेलिन्दै कतै हल्का सिम्रिक छर्दै रातलाई निम्त्याउदै थियो। म भने दिनभरको बेचैन मनलाई केही बेर भुलाउन त्यहा पुगेको हुन्छु। मन मस्तिस्क पूर्णरुपमा स्वतन्त्र थियो केहीबेर अघिसम्मको धमिलो अमिलो मन,जब पाइलाहरु समुन्द्र किनार तर्फ लम्किएका थिए या लस्सिदै थिए एकाएक प्रफुल्ल हुँदै आएको थियो, मनमा नजानिदो शान्ती छाएको थियो या भनु छाउदै थियो। खै किन हो आजकाल यो मन समुन्द्र किनार जाने भन्ने सोच्ने बित्तिकै फुरुङ भएर आउछ।पोहोर त निकै पटक समुन्द्रमा पानी सँग जिस्किन र खेल्न आएको थिए तर यस् बर्ष भने खासै आइन पनि।तर एक दिन भाई रामु सँग रमाइलो भयो आज त ३ हफ्ता पुगिसकेछ पनि।  बिहानै देखी हपक्क थियो यस्तो लाग्दै थियो साँझ अबेर सम्म पक्कै पानी पर्नेछ।म भने मनभरी बिभिन्न ताना बुन्दै अस्ताउदो सुर्यलाई हेर्दै छु। मनमनै सोच्छु दिनभरी यतै रमाउने ति सामुन्द्रिक चिलहरु कता गए होलान।

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...