Thursday, September 18, 2014

बन्धक छु म, poem

बन्धक छु म आज खुला आकाश तल 
तर स्वतन्त्रताको अड्कल बाजिमा 
रमाई रहेको छु,
देख्छु म जस्तै लाखौं अनुहारहरु 
जो निस्फिक्री उडेको घमन्ड गर्छन्
के थाहा तिनिहरुलाई?
सिमित परिधि भित्र 
कति कुन्ठित र जकडिएका छन् भन्ने कुरा,
न पाइला अधिनमा छन्
न मन स्वाधिनमा छन्
तैपनि बिवश छु देखिन्छु 
कि म पनि खुला आकाशमा 
फुरुरु उड्न सक्छु, तर 
वास्तविकता त्यो छैन यहाँ 
मेरा पखेंटा काटिएका छन् 
पिंजडा बाहिर छु उड्न सक्दिन
हो  बन्धक छु म,
मानबताको अलिकती छिटाले 
गास बास र कपासले भरिपूर्ण छु 
तर खट्किरहेको छ 
एउटा छुट्टै आभाश 
स्वतन्त्रताको, एउटा उन्माद 
जिन्दगीको,,
बन्धक छु म,
थाहा छैन कहिले सम्म 
म यो खुला तर बन्द 
भग्नाबेशहरुमा रुमल्ली रहनेछु,,
हारेको छैन जमर्को गर्न 
तोड्न सारा बन्धनहरु

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...