Saturday, September 27, 2014

डर छ म भित्र

एउटा लुकेको डर छ म भित्र
आफ्नो भन्ने खाली थर छ म भित्र

मल्हम पट्टी र औषधि बोके´नी
छियाछीया चर्को चर छ म भित्र

शान्त छु यो हैन मुर्ति म पत्थरको
बिद्रोह´को जर जर छ म भित्र 

गुमनाम छु म बद्नामी गल्लिमा
विश्वाश गर्नुस नर छ म भित्र

खाली खाली छैन मेरा मुट्ठिहरु
स्वतन्त्रता को नै घर छ भित्र



No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...