Friday, September 12, 2014

चलेको बतास रुकायौ तिमीले gazal

चलेको बतास रुकायौ तिमीले
बिशाल सागर सुकायौ तिमीले

हो हांसेर बोल्ने पूरानो त्यो बानी 
कसोरी नजर झुकायौ तिमीले

भुलेरै नसक्ने त्यो´हाम्रो कहानी
थाहा भो मलाई लुकायौ तिमीले

रुवाई आफन्त छाडेर पर्´देश
सम्बन्ध शिशा झैं चुकायौ तिमीले

सपनी मा राती ब्युंझाई छाड्यौ´नि
न दुखेको छाती दुखायौ तिमीले

चलेको बतास रुकायौ तिमीले
बिशाल सागर सुकायौ तिमीले

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...