Friday, September 12, 2014

चलेको बतास रुकायौ तिमीले gazal

चलेको बतास रुकायौ तिमीले
बिशाल सागर सुकायौ तिमीले

हो हांसेर बोल्ने पूरानो त्यो बानी 
कसोरी नजर झुकायौ तिमीले

भुलेरै नसक्ने त्यो´हाम्रो कहानी
थाहा भो मलाई लुकायौ तिमीले

रुवाई आफन्त छाडेर पर्´देश
सम्बन्ध शिशा झैं चुकायौ तिमीले

सपनी मा राती ब्युंझाई छाड्यौ´नि
न दुखेको छाती दुखायौ तिमीले

चलेको बतास रुकायौ तिमीले
बिशाल सागर सुकायौ तिमीले

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...