Tuesday, September 16, 2014

असुल्दै छ सरकार !

सिक्का नहुने सित बिटा असुल्दै छ सरकार
प्यासी जनता सँग छिटा असुल्दै छ सरकार

अभिशाप भो बाचनु फलिफाप उनै लाई छ 
भोको नेपाली सँग गिट्ठा असुल्दै छ सरकार

चिची पनि पापा पनि डाडु पन्यु उसैको हात
नमिठो आषा बाड्दै मिठा असुल्दै छ सरकार

ब्वासाका मुहार नजर गिद्दे ति अनौठा प्राणी
बल्दैन चुल्हो जस्को सिट्ठा असुल्दै छ सरकार

खेलमै ब्यस्त झेलमै ब्यस्त कुर्चिको खेल सधै
उपिया भन्दा हुन्छ गिट्ठा असुल्दै छ सरकार

अचम्म केही छैन रिट्ठा असुल्दै छ सरकार

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...