Friday, September 12, 2014

पिउनै परे दुबै पिम्ला gazal

दिलमा राख्ने ठाउँँ छैन,नजरमा राख्छु हुन्न
मझधार´मा डुब्छु आँफै,बगरमा राख्छु हुन्न ?

आउँदा जाँदा हेरी बस्छु,सागरका ज्वार भाटा
छाल सँगै आउने जाने,लहरमा राख्छु हुन्न ?

टुटी जाने सपना ठूला,हिजोआज देख्न छाडें
आफ्नै लाग्ने बिपना सारा,रहरमा राख्छु हुन्न ?

कबिता गीत कोर्न सक्ने,तिम्रा लागि कहाँ छु म
रुक्न भाब गजल´का ति,बहरमा राख्छु हुन्न ?

शहर पनि धोका दिन्छ पिरतिमा हार्नु भन्दा
पिउनै परे दुबै पिम्ला,जहरमा राख्छु हुन्न ?

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...